Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘ओली एमालेका अन्तिम प्रधानमन्त्री’

‘ओली एमालेका अन्तिम प्रधानमन्त्री’

  • सोमवार, चैत्र २३ २०७७

  • 822
    SHARES

  • ‘ओली एमालेका अन्तिम प्रधानमन्त्री’

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने बताउनुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले यही अवस्था रहेमा ओली एमालेबाट अन्तिम प्रधानमन्त्री हुने दाबी गर्नुभयो ।

    २०७४ सालको निर्वाचनका बेला गोरखाको पालुङटारमा हालका प्रधानमन्त्री ओलीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनी दिएको अभिव्यक्ति स्मरण गर्दै सांसद कँडेलले यस्तो जवाफ दिनुभएको हो ।

    ‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो । त्यही शब्दमा भन्ने हो भने र यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् । त्यसपछि अगाडि बढ्न सक्दैन’, उहाँले भन्नुभयो ।

    वर्तमान प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने सांसद कँडेलको भनाइ छ ।

    ‘हिजो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विश्वासको मत लिएको हो । अदालतको आदेशबाट नेकपा विभाजन भएको हो भने केपी ओलीमा अलिकति पनि आफ्नो समर्थन छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने ?’, संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने धारणा राख्दै उहाँले प्रश्न गर्नुभयो, ‘उहाँ पन्छिन पाउनुहुन्न । उहाँले समर्थन फिर्ता लेऊ भन्न पाउनुहुन्न । उहाँले विश्वासको मत लिनुपर्छ ।’


    सोमवार, चैत्र २३ २०७७०२:४३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij