Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले ४ प्रदेश सांसदमाथि कारबाही प्रक्रिया अघि बढायो

माओवादी केन्द्रले ४ प्रदेश सांसदमाथि कारबाही प्रक्रिया अघि बढायो

कर्णाली प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले राजीनामा दिदैँ
  • सोमवार, चैत्र २३ २०७७

  • 1.0K
    SHARES

  • माओवादी केन्द्रले ४ प्रदेश सांसदमाथि कारबाही प्रक्रिया अघि बढायो

    काठमाडौं । माओवादी केन्द्रले पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

    माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको हो ।

    माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री भएका टंक आङ्बोहाङलाई कारबाही गरेको पत्र आज प्रदेशसभा सचिवालयमा दर्ता गराउने बताउनुभएको छ ।

    माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ ।

    त्यसैगरी दैलेखबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य रेग्मीले दलत्याग गरेको भन्दै प्रदेशसभा सचिवालयमा सूचना दिएको छ ।

    यसैबीच, प्रदेश १ सभाको आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइने भएको छ ।

    मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वास प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज बस्ने प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिने बताउनुभयो ।

    उता, कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । हिजोको संसदीय दलको बैठकले मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएकोहो ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको वर्तमान सरकारमा एमालेकातर्फबाट तीजना मन्त्रीहरु सहभागी छन् ।


    सोमवार, चैत्र २३ २०७७०९:४७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij