Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

  • आइतवार, चैत्र २२ २०७७

  • 1.1K
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबार (आज) बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

    अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

    बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने बताइएको थियो ।

    माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्ने छ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ ।

    नयाँ सरकार गठनमा अग्रसरता देखाएको माओवादी केन्द्रले आजै जनता समाजवादी पार्टी (जसपा)सँग छलफलसमेत गर्दै छ । अंकगणितको हिसाबले जसपा सत्ता गठबन्धनमा निर्णायक बनेको छ ।

    जसपासहितका विपक्षी दलका नेताहरुले माओवादीले समर्थन कायमै राख्दा नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको बताउँदै आएका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पनि नयाँ सरकार गठनमा अग्रसरता लिने औपचारिक निर्णय गरिसकेको छ ।


    आइतवार, चैत्र २२ २०७७०९:२६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij