Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री बालुवाटारबाटै १ सय ६५ वटा सडकको शिलान्यास गर्दै

प्रधानमन्त्री बालुवाटारबाटै १ सय ६५ वटा सडकको शिलान्यास गर्दै

  • शनिवार, चैत्र २१ २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री  बालुवाटारबाटै  १ सय ६५ वटा सडकको शिलान्यास गर्दै

    काठमाडौं । आज एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास हुँदै छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लाग्नुभएको हो ।

    हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्नुहुने छ ।

    गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गर्नुभएको थियो ।

    सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

    सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन् ।


    शनिवार, चैत्र २१ २०७७०८:५६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij