Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
एमाले विवाद :

आफ्नै नेतृत्वमा केन्द्रीय कमिटि बनाउने नेता नेपालको घोषणा

आफ्नै नेतृत्वमा केन्द्रीय कमिटि बनाउने नेता नेपालको घोषणा

  • बिहिवार, चैत्र १९ २०७७

  • 1.4K
    SHARES

  • आफ्नै नेतृत्वमा केन्द्रीय कमिटि बनाउने नेता नेपालको घोषणा

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष्य केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटि बनाउने घोषणा गर्नुभएको छ ।

    आज पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटिबाट ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गर्नुभएको हो ।

    सो अवसरमा नेता नेपालले कार्यकर्तालाई जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिनुभएको छ । कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले भन्नुभयो, ‘अब चाँडै हाम्रै नेतृत्वमा केन्द्रीय कमिटि घोषणा हुनेछ ।’

    यस्तै खनाल–नेपाल समूहले, कास्कीमा एमालेको समानान्तर कमिटिसमेत घोषणा गरेको छ । उक्त समूहले आज कास्कीमा ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।

    पोखराको न्युरोडमा आयोजित कार्यकर्ता भेलामा धनराज आचार्यको नेतृत्वमा कमिटि घोषणा भएको हो । कमिटिको सचिवमा होमबहादुर नेपाली रहनुभएको छ ।

    पछिल्लो समय पार्टीभित्रको विवादका कारण खनाल–नेपाल समूहले विभिन्न भ्रातृ संगठनको समानान्तर कमिटि घोषणा गर्दै आएका छन् ।

    यता, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने नेता नेपाल उपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।

     


    बिहिवार, चैत्र १९ २०७७०१:४७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij