काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्न लागेको छ । पार्टी मुख्यालय पेरिस डाडाँमा अहिले विहान नौ बजेपछि बैठक बस्ने तय भएको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा बैठक केन्द्रीत हुने एक नेताले जानकारी दिएका छन् ।
नेकपा माओवादी र नेकपा एमाले विभाजित भएपछि पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै आलोचना भइरहेका बेला माओवादीले समर्थन फिर्ता लिने बारेमा छलफल गर्न लागेको हो ।
तत्कालिन सरकारबाट नेकपा विभाजन नहुदै पार्टी भित्रको विवादका विच माओवादी पक्षीय मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन ।
आफु पक्षीय नेताहरु सरकारबाट बाहिरिएको र पार्टी विभाजन भइसकेको अवस्थामा समेत माओवादीले समर्थन फिर्ता नलिनुलाई कतिपयले रणनीतिको रुपमा लिएका छन् भने कतिपयले शंकाको दृष्टीकोणले पनि हेरेका छन् ।
माओवादीले समर्थन फिर्ता नलिँदा सरकारसम्वन्धी नयाँ प्रक्रिया अगाडि बढ्न नसकेपछि समर्थन फिर्ता लिन सर्वत्र दवाव परेको हो ।
माओवादीको स्थायी कमिटिको आजको बैठकमा समर्थन फिर्ता लिने, प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने, नयाँ सरकार गठनका लागि गठबन्धन गराउनेलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।