Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओली नेतृत्वको सरकार कामचलाउ मात्रै हो : नेता गुरुङ

ओली नेतृत्वको सरकार कामचलाउ मात्रै हो : नेता गुरुङ

  • बिहिवार, चैत्र १९ २०७७

  • 1.1K
    SHARES

  • ओली नेतृत्वको सरकार कामचलाउ मात्रै हो :  नेता गुरुङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुरुप प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत लिनुपर्ने बताउनुभएको ।

    उहाँले दल विभाजन भएको अवस्थामा संविधानअनुसार प्रधानमन्त्री ओलीले ३० दिनभित्र बिश्वासको मत लिनुपर्ने उल्लेख गर्नुभयो । बिश्वासको मत नलिए प्रधानमन्त्री पद स्वतः खाली हुने नेता गुरुङको दावी छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले संसद् विघटनको दिनदेखि नै सरकार कामचलाउ भइसकेको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न नपाउने बताउँदै उहाँले अहिलेको सरकार कामचलाउ बनिसकेको दावी गर्नुभयो ।

    कामचलाउ सरकारविरुद्ध माओवादी केन्द्रले अबिश्वासको प्रस्ताव दर्ता नगरेको नेता गुरुङले बताउनुभयो । सरकार आफैंले बिश्वासको मत लिएर देशलाई निकास दिनुपर्ने उहाँको तर्क छ ।

    नेता गुरुङले प्रधानमन्त्री ओलीले संविधानलाई ध्वस्त पार्दै लगेको आरोप पनि लगाउनुभएको छ ।


    बिहिवार, चैत्र १९ २०७७०६:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij