Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थपिए १६२ कोरोना संक्रमित, ५९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए १६२ कोरोना संक्रमित, ५९ जना डिस्चार्ज

  • बुधवार, चैत्र १८ २०७७

  • 1.4K
    SHARES

  • पछिल्लो २४ घण्टामा थपिए १६२ कोरोना संक्रमित, ५९ जना  डिस्चार्ज

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १६२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँमा ५०, भक्तपुरमा ४ र ललितपुरमा १३ जना संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ।

    हाल देशभर १ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएको छ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३० पुगेको छ।


    बुधवार, चैत्र १८ २०७७०५:१७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij