Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्यानमारमा सेनाले गरिरहेको रक्तपातको नेपाली कांग्रेसद्वारा निन्दा

म्यानमारमा सेनाले गरिरहेको रक्तपातको नेपाली कांग्रेसद्वारा निन्दा

  • आइतवार, चैत्र १५ २०७७

  • 734
    SHARES

  • म्यानमारमा सेनाले गरिरहेको रक्तपातको नेपाली कांग्रेसद्वारा निन्दा

    काठमाडौँ –म्यानमारमा केही दिनयता सैनिक सरकारद्वारा नागरिक प्रदर्शनमा भएको दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको नेपाली कांग्रेसले बताएको छ।

    जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको कांग्रेसको निष्कर्ष छ।

    म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको भन्दै यसलाई कांग्रेसले अमानवीय र निन्दनीय भनेको हो।

    म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तीमा ११४ जना मारिएका थिए ।

    कांग्रेसले जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाव बढाउन आवश्यक देखिएको बताएको छ ।

    ‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् ।

    विश्वभर जहाँपनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यबद्धता जनाउने नीति कांग्रेसले लिँदै आएको र म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई निरन्तर नियालीरहेको प्रवक्ता शर्माले उल्लेख गरेका छन्।

    सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न आवश्यक भएको उनले जनाएका छन्।

    दमनकाविरुद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमि गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यबद्ध हुन कांग्रेसले सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गरेको छ ।


    आइतवार, चैत्र १५ २०७७०५:५३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij