Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नरपालिकालाई सबै कुराले सम्पन्न र समृद्ध बनाउन लागिपरेका छौँ : नगर प्रमुख खाँड

नरपालिकालाई सबै कुराले सम्पन्न र समृद्ध बनाउन लागिपरेका छौँ : नगर प्रमुख खाँड

  • शनिवार, चैत्र १४ २०७७

  • 1.5K
    SHARES

  • नरपालिकालाई सबै कुराले सम्पन्न र समृद्ध बनाउन लागिपरेका छौँ : नगर प्रमुख खाँड

    काठमाडौँ । स्याङ्जाको वालिङ नरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले समृद्ध पालिका बनाउन लागिपरेको बताउनुभएको छ । २० वर्षे दिर्घकालिन योजना अघि सारेको नगरपालिका मुलुकका उत्कृष्ट तीन गनरपालिकाभित्र पर्न सफल भइसकेको छ । विशेषगरी शहरी योजना, विपद् व्यवस्थापन र वातावरण व्यवस्थापनमा उत्कृष्ट भएको हो ।

    अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर नगरपालिका अघि बढिरहेको नगर प्रमुख खाँडले बताउनुभयो । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा उहाँले भन्नुभयो, ‘सबै कुराले सम्पन्न र समृद्ध नगर बनाउन हामीले २० वर्षको प्लान गरेका छौँ । त्यसमा पनि अल्पकालिन, मध्येकालिन र दिर्घकालिन योजना भनेर छुट्याएका छौ । र यसै अनुरुप हाम्रा कार्यहरु अगाडी बढिरहेका छन् ।’

    उहाँले अबको ६ वर्षभित्रमा बेसिक सिटीका रुपमा विकास गरिसक्ने बताउनुभयो । २० वर्षे प्लानमा दुई वर्ष लागु गरिसकेको र अबको १८ वर्षभित्रमा पूर्णरुपमा वालिङ स्मार्ट सिटी बनिसक्ने नगर प्रमुख खाँडको भनाइ छ ।


    नगर प्रमुख खाँडसँग गरिएको कुराकानी सुन्नुहोस्


    शनिवार, चैत्र १४ २०७७०७:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij