Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय अनुसन्धान विभागले एक सयभन्दा बढी कर्मचारी माग्यो

राष्ट्रिय अनुसन्धान विभागले एक सयभन्दा बढी कर्मचारी माग्यो

  • शुक्रवार, चैत्र १३ २०७७

  • 1.2K
    SHARES

  • राष्ट्रिय अनुसन्धान विभागले एक सयभन्दा बढी कर्मचारी माग्यो

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ ।

    विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ । अनुसन्धान अधिकृत २१ जना माग भएको छ । अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो ।

    अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ । साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

    सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्ने छन्।
    वैशाख १२ गतेभित्र दरखास्त दिइसक्नुपर्ने विभागले जनाएको छ ।


    शुक्रवार, चैत्र १३ २०७७०८:०८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij