Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

भागरथी बलात्कार तथा हत्या प्रकरण : अभियुक्त र मृतकको स्वाबमा भेटिएको डिएनए मिल्यो

भागरथी बलात्कार तथा हत्या प्रकरण : अभियुक्त र मृतकको स्वाबमा भेटिएको डिएनए मिल्यो

  • बिहिवार, चैत्र १२ २०७७

  • 1.5K
    SHARES

  • भागरथी बलात्कार तथा हत्या प्रकरण : अभियुक्त र मृतकको स्वाबमा भेटिएको डिएनए मिल्यो

    काठमाडौं । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्ट बलात्कार तथा हत्या प्रकरणका अभियुक्त दिनेश भट्टको डिएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट डिएनए मिलेको पाइएको हो ।

    बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डिएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले जानकारी दिनुभयो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै यस प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहको दाबी छ ।

    प्रहरीले घटनामा दीनेश संलग्नता देखिएको भन्दै फागुन ४ गते उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए ।

    उनलाई फागुन २६ मा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो । उनले आफ्ना बुवा र काकासँग यस्तो बताएका थिए । यद्यपि, दिनेशको बयान झुटो भएको प्रहरीले बताइसकेको छ ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी माघ २२ गते घरबाट विद्यालय गएकी थिइन् । २३ माघमा उनको शव खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा भेटिएको थियो ।

     


    बिहिवार, चैत्र १२ २०७७०३:१३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij