Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ: देवेन्द्र पौडेल

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ: देवेन्द्र पौडेल

  • बुधवार, चैत्र ११ २०७७

  • 1.1K
    SHARES

  • माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ:  देवेन्द्र पौडेल

    काठमाडौं । माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेता देवेन्द्र पौडेलले बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरा गर्दै नेता पौडेलले भन्नुभयो–‘अबको दुई–तीन दिनभित्र हामी राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेससंग सल्लाह गछौं, उहाँहरुले आफ्नो स्थिती केहो प्रस्ट पार्नुहुन्छ अनि त्यसपछि हाम्रो बारेमा दिएको विश्वासको मत फिर्ता लिन्छौँ ।’

    नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको माओबादी केन्द्रले सरकारलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भन्नेमा लागिरहेको छ ।

    अरु दलकोपनि सहमतीमा अविश्वास प्रस्ताव र विश्वासको मत फिर्ता लिने काम गरौ भन्नेमा आफुहरु रहेको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘अरुले निर्णय दिन सक्नुभएन भने पनि हाम्रोतर्फबाट यो प्रक्रिया अगाडि बढाउँछौं ।'

    प्रधानमन्त्री केपी शर्मा ओलीमा सरकार बामपन्थी कै रहोस भन्ने सोच नभएकाले अब सरकार संयुक्त हुने र यहि सरकारलाई समर्थन गर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।


    बुधवार, चैत्र ११ २०७७०७:५४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij