Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

किन चलायो कैलालीमा प्रहरीले गोली ?

किन चलायो कैलालीमा प्रहरीले गोली ?

  • मंगलवार, चैत्र १० २०७७

  • 2.2K
    SHARES

  • किन चलायो कैलालीमा प्रहरीले गोली ?

    काठमाडौं । बसको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको सुदूरपश्चिम प्रदेशको कैलालीस्थित लम्कीमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले लम्की क्षेत्रमा तनाव बढेपछि स्थिति नियन्त्रणमा ल्याउन हवाई फायरिङ गरेको बताउनुभएको छ ।

    उहाँकाअनुसार सो क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि कोहलपुर पठाइएको छ । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

    युवतीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका थिए । उनीहरूले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय, लम्की घेराउ गर्नुका साथै ढुङ्गामुडा प्रहार गरेका थिए ।

    ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कँडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     


    मंगलवार, चैत्र १० २०७७०३:४८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij