Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देउवाले झोक्किँदै भने, ‘कांग्रेस विपक्षी पार्टी भनेको सुन्नुभएन ?'

देउवाले झोक्किँदै भने, ‘कांग्रेस विपक्षी पार्टी भनेको सुन्नुभएन ?'

विरानगर विमानस्थलमा बन्यो यस्तो माहोल !
  • मंगलवार, चैत्र १० २०७७

  • 1.3K
    SHARES

  • देउवाले झोक्किँदै भने, ‘कांग्रेस विपक्षी पार्टी भनेको सुन्नुभएन ?'

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्रकारहरुसँग रिसाएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नले उनी रिसाएका हुन् ।

    ‘सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ?’, जस्ता प्रश्न पत्रकारहरुले गरेका थिए । पत्रकारहरुले भने सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ?’ जस्ता प्रश्न गरेका थिए । त्यसको जवाफमा देउवाले कांग्रेस विपक्षी पार्टी रहेको जवाफ दिए ।

    त्यसपछि पत्रकारले अर्को प्रश्न सोधे, ‘ओली सरकारलाई समर्थन गर्ने हो ?’

    यो प्रश्नले भने कांग्रेस सभापति देउवा रिसाए । उनले झेक्किँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नुभएन ? विपक्षी पार्टी, विपक्षी पार्टी विपक्षी पार्टी !’
    देउवाको जवाफले विमानस्थलमा हाँसोका आवाज गुन्जिए । कतिपयले देउवालाई जिस्क्याए पनि ।

    यसअघि देउवाले सरकारमा जान आफूहरुले नगरेको बताएका थिए । तर जिम्मेवारी आए नभाग्ने उनको भनाइ थियो । ।
    सभापति देउवा पार्टीका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर गएका हुन् ।


    मंगलवार, चैत्र १० २०७७०१:३९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij