Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा विघटन गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

नेकपा विघटन गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

  • मंगलवार, चैत्र १० २०७७

  • 1.4K
    SHARES

  • नेकपा विघटन गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ ।

    आज सिंहदरबारमा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा अदालत जाने निर्णय गरेको हो ।

    माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरी यो निर्णयमा पुगेको हो । आजको बैठकले कानुन व्यवसायीको सुझाबअनुसार नै यही साता भित्र सर्वोच्चको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको नेतृ पम्फा भुसालले जानकारी दिनुभएको छ ।

    माओवादी केन्द्रले सर्वोच्चको फैसलाका विषयमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतसँग छलफल गरेको थियो । उहाँहरुले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान उपयुक्त हुने सुझाव दिनुभएको थियो ।

    ६० दिनभित्र पुनरावलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकन गर्न कानुन व्यवसायीले सुझाव दिएको नेता देव गुरुङले जानकारी दिनुभएको छ । सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो ।

     


    मंगलवार, चैत्र १० २०७७०१:०९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij