Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

  • मंगलवार, चैत्र १० २०७७

  • 858
    SHARES

  • माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै छ ।

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो ।

    पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ : ३० बजेका लागि बैठक राखिएको माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले जानकारी दिनुभयो ।

    उहाँले बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताउनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन कायम राखेकै कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्ता समीकरणबारे तत्काल निर्णय लिन सकिरहेको छैन । त्यस्तै, अर्को विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ ।


    मंगलवार, चैत्र १० २०७७०८:२५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij