Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेता गुरुङको खुलासा : 'उचित समय आएपछि सरकारबाट सर्मथन फिर्ता लिने'

नेता गुरुङको खुलासा : 'उचित समय आएपछि सरकारबाट सर्मथन फिर्ता लिने'

  • सोमवार, चैत्र ९ २०७७

  • 802
    SHARES

  • नेता गुरुङको खुलासा : 'उचित समय आएपछि सरकारबाट सर्मथन फिर्ता लिने'

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले उचित समय आएपछि सरकारलाई दिएको सर्मथन फिर्ता लिने खुलासा गर्नुभएको छ ।

    उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुहोला भनेर सर्मथन फिर्ता नलिएको बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भन्नुभयो,“सर्मथन गर्ने–नगर्ने निर्णय पार्टीले लिन्छ, लोकतान्त्रिक पद्धतिमा कहिले सर्मथन कहिले असर्मथन भइरहने कुरा हो, संसद् विघटन गर्ने निर्णय सर्वोच्चले खारेज गर्दा पनि ओली पदमा हुनुहुन्छ, अहिले पनि संसद् विघटनबारे सोचिरहनु भएको छ जुन अलोकतान्त्रिक हो ।”

    देशलाई निकास दिन प्रधानमन्त्री ओलीले नै सोच्नुपर्ने उहाँको भनाइ छ । संवैधानिक विचारभन्दा विपरीत गएरपनि पद मै बसीरहनु नैतिकता नरहेको नेता गुरुङको धारणा छ ।


    सोमवार, चैत्र ९ २०७७०६:४७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij