Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बिर्घामा स्याङ्जाकै नमुना पुस्तकालय बन्ने (चार तस्बिरसहित)

बिर्घामा स्याङ्जाकै नमुना पुस्तकालय बन्ने (चार तस्बिरसहित)

  • आइतवार, चैत्र ८ २०७७

  • 1.5K
    SHARES

  • बिर्घामा स्याङ्जाकै नमुना पुस्तकालय बन्ने (चार तस्बिरसहित)

    स्याङ्गजा । मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ पुस्तकालय भवन निर्माण सम्झौंतामा हस्ताक्षर भएसँगै कालीगण्डकी गाउँपालिका ४ बिर्घा कट्टीमा स्याङ्गजा जिल्लाकै नमुना पुस्तकालय बन्ने निश्चित भएको छ । हालै एक कार्यक्रमका बीच मातृभूमि सामुदायिक पुस्तकालयले रिड नेपाल र बाबुरत्न कन्स्ट्रक्सनसँग यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

    DSC_0221.jpg

    पुस्तकालयको तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली तथा बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठले निर्माण सम्झौता पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।

    ०७२ सालको भूकम्पका कारण जिर्ण अवस्थामा रहेको पुस्तकालय भवन हटाएर सोहि स्थानमा शान्ति भोलन्टियर एसोसियसन नेपालको मुख्य आर्थिक सहयोग तथा रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा अत्याधुनिक पुस्तकालय भवन बन्न लागेको हो ।

    ‘अब बन्ने पुस्तकालय भवन जिल्लाकै नमुना हुनेछ । नयाँ भवनमा वालदेखि प्रौढमैत्रीकक्षसम्म हुने भएकोले सबै उमेरका पाठकको रोजाईकौ सिकाइ गन्तब्य मातृभूमि हुनेछ यो सिंगो समुदायको गर्वको कुरो हो’ हस्ताक्षर कार्यक्रममा पुस्तकालयबारे बोल्दै अध्यक्ष पाण्डेयले भने, ’अग्रजहरुको मेहनत र पसिनाको जगमा जन्मेको यस संस्थाको भवन निर्माण पश्चात विभिन्न सिकाई सहजीकरण कार्यक्रम संचालनमा ल्याई स्थानीय समुदायको शैक्षिक उन्नयनमा सहयोग पु¥याउने मात्र नभई मातृभूमिलाई राष्ट्रिय स्तरकै नमुना पुस्तकालय बनाउने लक्ष्यमा छौँ ।’

    03. 3D front view.jpg

    अध्यक्ष पाण्डेले सामुदायिक कार्य एकल प्रयासले मात्र नभई सिंगो समुदायका सहदस्यहरुको देन र सामुहिकताको भावनाले मात्र सम्भव हुने हुँदा यस कार्यमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा रिड नेपालका तर्फबाट सौ संस्थाका सदस्य मैनालीले ‘आफूहरुले नासो जिम्मा लगाउन आएको र भवन समयमै निर्माण सम्पन्न भै दीर्घकालीनरुपमा पुस्तकालय संचालन हुनेमा आफूहरु ढुक्क रहेको’ बताउनु भयो ।

    रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठ र सिनियर फिल्ड कोर्डिनेटर बिना गोलेले समुदायको जिम्मेवारी, पुस्तकालयको अबको भूमिका, मातृभूमि र रिड नेपाल बिचको सम्बन्धका बारेमा आफ्ना विचार राख्नुका साथै परियोजनाको सिंगो अबधारणाबारे थप प्रकाश पार्नुभएको थियो ।

    करिब ८ महिनामा सम्पन्न हुने लक्ष्य लिइएको पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बालकक्ष, महिलाकक्ष, सूचना, सञ्चार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरणकक्ष, प्रौढकक्ष र सामूदायिक सभाहल हुनेछन् ।

    03. 3D syanja side view 2.jpg

    कुल लागत १ करोड १९ लाख १ हजार ९१ रुपैयाँ ५७ पैसामा बन्न लागेको यो पुस्तकालयमा रिड नेपालको तर्फबाट १ करोड १५ लाख योगदान र बाँकी रकम ४ लाख १ हजार ९१ रुपैया ५७ रकम समुदायको तर्पmबाट प्रबन्ध गरिने छ ।

    रिड नेपालले बितेका ३० वर्षमा नेपालका ४३ वटा जिल्लाका ६९ स्थानमा पुस्तकालय बनाइसकेको छ ।


    आइतवार, चैत्र ८ २०७७०२:०४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij