Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जानुपर्छ : काँग्रेस नेता साउद

राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जानुपर्छ : काँग्रेस नेता साउद

  • आइतवार, चैत्र ८ २०७७

  • 846
    SHARES

  • राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जानुपर्छ :  काँग्रेस नेता साउद

    काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचनमा जानुपर्ने धारणा राख्नुभएको छ ।

    अहिले हतार–हतार गरेर नेतृत्वमा पुग्न खोज्दा दिगोरुपमा मुलुक संकटमा फस्नसक्ने भन्दै उहाँले निर्वाचन नै आवश्यक रहेको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साउँदले भन्नुभयो,“माओवादीले दिएको बिश्वासको मत फिर्ता नलगेसम्म सरकार अल्पमतमा जादैँन, जसपा र सरकार पनि सत्ता समिकरणबारे वार्ता गरिरहेका छन्, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि सम्झौता गर्छन् कि के गर्छन् भन्ने कुरा काँग्रेसले नियालिरहेको छ, हामी सरकारमा जान हतार गर्दैनौँ ।”

    उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि के–कस्ता सम्झौता गर्छन् भन्ने कुरा काँग्रेसले नियालिरहेको जानकारी दिनुभएको छ । सरकारले अब ताजा जनादेशमा जाने कुरालाई जोड दिनुपर्ने नेता साउदले उल्लेख गर्नुभयो ।


    आइतवार, चैत्र ८ २०७७०६:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij