Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
एमाले संसदीय दलको बैठक : विधान संशोधन केन्द्रीय समितिमा लैजाने

‘प्रचण्ड र माधवहरुले धन्न मेरो नागरिकता भने खोसेनन्’ : ओली

‘प्रचण्ड र माधवहरुले धन्न मेरो नागरिकता भने खोसेनन्’ : ओली

  • शनिवार, चैत्र ७ २०७७

  • 1.4K
    SHARES

  • ‘प्रचण्ड र माधवहरुले धन्न मेरो नागरिकता भने खोसेनन्’ : ओली

    काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । बालुवाटारमा जारी बैठकले सो निर्णय गरेको बताइएको छ ।

    संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक आजै बस्दैछ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाउनुभएको हो ।

    एमाले संसदीय दलको आज बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा नलाग्न आग्रह गर्नुभएको छ । वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको जिकिर गर्दै एकताको पक्षमा लागेर केही उपलब्धि नहुने ओलीको भनाइ थियो ।

    बैठकमा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र नेपाल तथा खनाल समूहले आफ्नो नागरिकतासमेत झण्डै खोसेको टिप्पणी गर्नुभयो ।
    ‘माधव–प्रचण्डहरुले सडकबाटै अध्यक्ष र पार्टीबाटै निस्कासन गरे । धन्न नागरिकता चाहिँ खोसेनन्’, बैठकमा उहाँले भन्नुभयो ।

    आफूहरुप्रतिको षड्यन्त्र सफल हुन नदिने भन्दै ओलीले खनाल–नेपाल पक्षले राष्ट्रिय भेलाको नाममा गरेका अवाञ्छित, गुटगत भेलाले पार्टी र कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कसरत गरेको बताउनुभयो ।

    कार्यकर्ता र जनतामा भ्रम सिर्जना गरेको भन्दै उहाँले पार्टीमा फर्कन चाहनेलाई स्वागत गर्ने बताउनुभयो । स्पष्टिकरण सोधेर पार्टीमा फर्किन दिने र उचित जिम्मेवारी पनि दिने उहाँले स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन चुनौती पनि दिनुभएको छ ।

    ‘प्रधानमन्त्रीबाट राजीनामा माग्नेहरुलाई अविश्वास प्रस्ताव राख्न चुनौती दिन्छु,“ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भन्नुभयो ।
    पछिल्लो समय चौतर्फी रुपमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ ।

    यसैबीच, नेता वामदेव गौतमले आफूले पार्टीको निर्णय मान्ने बताउनुभएको छ । आज बालुवाटारमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँ यसअघि बालुवाटारमै भएको संसदीय दलको बैठकमा जानुभएको थिएन । गौतम सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।

    उहाँले आफूलाई पार्टी ह्विप नलाग्ने भएकोले यसअघिको बैठकमा नआएको बताउनभुएको छ ।

    ‘राष्ट्रपतिले नियुक्त गरेको मलाई पार्टी ह्विप नलाग्ने भएकोले दलको बैठकमा नआएको हुँ । तर, पार्टीले राष्ट्रपतिलाई सिफारिस गरेकोले मैले पार्टी निर्णय मान्छु,’ उहाँको भनाइ उद्धृत गर्दै एक सांसदले भन्नुभयो ।

     


    शनिवार, चैत्र ७ २०७७०२:११:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij