Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको बैठकमा वामदेव आए, खनाल र नेपाल आएनन्

एमाले संसदीय दलको बैठकमा वामदेव आए, खनाल र नेपाल आएनन्

  • शनिवार, चैत्र ७ २०७७

  • 1.2K
    SHARES

  • एमाले संसदीय दलको बैठकमा वामदेव आए, खनाल र नेपाल आएनन्

    काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
    त्यस्तै, पार्टीको केन्द्रीय कमिटीको बैठक पनि आज नै बस्दै छ ।

    संसदीय दलको बैठक बिहान साढे १० बजेदेखि जारी छ भने केन्द्रीय कमिटीको बैठक अहिले केहीबेरपछि बालुवाटारमा बोलाइएको छ ।
    प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको बेठकमा संसदीय दलको विधान संशोधन गर्ने तयारी छ ।

    ‘एमाले संसदीय दलको विधान ०७२ को यथावत छ, जसमा भएका कतिपय व्यवस्था नयाँ संविधानअनुसार मिलाउनुपर्नेछ’, उहाँले भन्नुभयो ।

    प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति र संसदीय दलको बैठकमा एमाले नेता वामदेव गौतम सहभागि हुनुभएको एमाले राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिनुभएको छ । ओलीले बोलाएको आजको बैठकमा सहभागि हुन गौतम बालुवाटार पुगिसक्नुभएको छ ।

    पार्टीभित्र विवाद मिलाउन भन्दै छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको थियो ।

    तर, आज बोलाएको केन्द्रीय समिति र संसदीय दलको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुनेभएको छ ।

    नेकपा एमालेका नेता तथा सांसद जीवनराम श्रेष्ठले आज प्रधानमन्त्री ओलीले बोलाएको दुबै बैठकमा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल समूह सहभागि नहुने जानकारी दिनुभएको हो ।

    उहाँले नेपाल समूह पार्टीलाई एक ढिक्का बनाउने पक्षमा रहेको बताउदैँ गुटको भेलामा सहभागी नभएर औपचारिक केन्द्रीय कमिटीमा मात्र सहभागी हुने स्पष्ट पार्नुभयो ।

    अदालतको फैसलाअनुसार पार्टीको नवौं महाधिवेशनको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने उहाँको धारणा छ ।

    संसदीय दलको कार्यालय वा पार्टी कार्यालयमा बोलाउनु पर्नेमा प्रधानमन्त्री निवासमा बैठक बोलाउनु गलत भएको उहाँको भनाइ छ ।

    जिल्ला जिल्लामा दौडधुप गर्न सक्ने प्रधानमन्त्री संसदीय दलको कार्यालय र पार्टी कार्यालयमा पनि आउन सक्नुपर्ने उहाँले तर्क छ ।

    आजै नेपाल खनाल समूहका सांसदहरुको बैठक पनि बसिरहेको छ । उनीहरुको बैठक औपचारिक नभई अनौपचारिक छलफलका लागि मात्रै भएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

    खनाल–नेपाल पक्षका सांसदहरुको बैठक पनि बिहान साढे १० बजेदेखि नै बसिरहेको छ । उनीहरुको बैठक भने संसदीय दलको कार्यालयमा बसेको हो ।

    गत बिहीबार पनि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बालुवाटारमा डाक्नुभएको थियो ।

    बैठकमा सहभागि हुन सबै सांसदहरुलाई जानकारी गराइएको थियो । तर, वरिष्ठ नताद्वय खनाल र नेपाल पक्षीय सांसद भने बैठकमा अनुपस्थित थिए ।


    शनिवार, चैत्र ७ २०७७१२:२७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij