Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : दिउँसो पहाडी भू–भागमा पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान : दिउँसो पहाडी भू–भागमा पानी पर्ने सम्भावना

  • शनिवार, चैत्र ७ २०७७

  • 1.6K
    SHARES

  • मौसम पूर्वानुमान : दिउँसो पहाडी भू–भागमा पानी पर्ने सम्भावना

    काठमाडौं । आज देशभरको मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभरिको मौसम बद्ली हुने मौसमविद्हरुले बताएका छन् ।

    अहिले प्रदेश नम्बर १ बाहेक अरु ठाउँमा बादल लागेको छ । प्रदेश १ मा पनि दिउँसोपख बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशका पहाडी ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राति प्रदेश नम्बर १ को पहाडी भागमा आंशिकदेखि सामान्य बद्ली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।


    शनिवार, चैत्र ७ २०७७०९:५८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij