Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज काठमाडौँका यी ठाउँहरुमा हुदैँछ बिजुली कटौती

आज काठमाडौँका यी ठाउँहरुमा हुदैँछ बिजुली कटौती

  • शनिवार, चैत्र ७ २०७७

  • 711
    SHARES

  • आज काठमाडौँका यी ठाउँहरुमा हुदैँछ बिजुली कटौती

    काठमाडौँ । आज काठमाडौँको विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ ।

    शनिबार नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो ।

    प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

    शनिबार बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

    सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ । यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा बिजुली कटौती हुने छ ।

    बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणको सूचना छ ।

    प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ । लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।


    शनिवार, चैत्र ७ २०७७०८:४२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij