Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शोक प्रस्ताव पारित गर्दै सकियो संसद् बैठक, अर्को बैठक शुक्रबार

शोक प्रस्ताव पारित गर्दै सकियो संसद् बैठक, अर्को बैठक शुक्रबार

  • मंगलवार, चैत्र ३ २०७७

  • 936
    SHARES

  • शोक प्रस्ताव पारित गर्दै सकियो संसद् बैठक, अर्को बैठक शुक्रबार

    काठमाडौं । प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी मंगलबारको बैठक सकिएको हो ।

    पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको बैठक सकिएको हो । यादव ०७० सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके २ बाट यादव निर्वाचित भएका थिए । ०७७ माघमा यादवको निधन भएको थियो ।

    फागुन २६ गतेकै बैठक पनि पूर्व र बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको थियो ।

    पुनर्स्थापित पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । दोस्रो बैठकमा पनि उनी सहभागी भएनन् । सर्वोच्च अदालतको आदेशअनुसार फागुन २३ गते बसेको पुनर्स्थापित संसदको पहिलो बैठक सुरु नहुँदै प्रधानमन्त्री ओली बाहिरिएका थिए ।

    आजको बैठकमासमेत प्रधानमन्त्री ओली सहभागी भएनन् । यद्यपि, बैठक सकिएपछि भने उनी संसद् भवन पुगेका थिए ।

     


    मंगलवार, चैत्र ३ २०७७०१:४०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij