Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

कतारसँग सुरक्षा गार्डमा जीटुजी गर्ने सरकारको तयारी

कतारसँग सुरक्षा गार्डमा जीटुजी गर्ने सरकारको तयारी

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 769
    SHARES

  • कतारसँग सुरक्षा गार्डमा जीटुजी गर्ने सरकारको तयारी

    काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडीको आकर्षक गन्तव्य मुलुक कतारमा सुरक्षा गार्डमा सम्झौता संशोधन गरी जीटुजी मार्फत नेपाली कामदार पठाउन सरकाले तयारी थाल्ने भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा सुरक्षा गार्डका लागि जीटुजी प्रणालीमार्फत नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने तयारी सुरु गर्न लागेको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले यस्तो जानकारी गराउनु भएको हो ।

    आगामी सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपका लागि कतारलाई आवश्यक पर्ने नेपाली कामदार पठाउन जीटुजी मोडल अपनाउन छलफल भइरहेको उहाँले बताउनुभयो ।

    जसका लागि सरकार आफैले कतारमा सुरक्षा गार्डलगायत अन्य क्षेत्रका नेपाली कामदार पठाउन कतारका राजदूतसँग समेत छलफल गरेको मन्त्री चौधरीले जानकारी दिनुभएको छ ।

    विगतका दिनमा कतारमा वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा म्यानपावर व्यवसायीद्वारा नेपाली कामदार पठाउँदै आएका थिए । तर, आगामी दिनमा सरकारले जीटुजीमार्फत कतार पठाउन सकेमा नेपाली कामदारलाई निकै फाइदा र राहत मिल्ने सम्बन्धित सरोकारवाला बताउँछन् । जीटुजीमार्फत नेपाली कामदार पठाउन सकिए श्रम शोषणमा पर्ने जस्ता समस्या विस्तारै हट्दै जाने दाबी उनीहरुको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।


    बिहिवार, फाल्गुण २७ २०७७०७:०७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij