Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको पानीसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी

मेलम्चीको पानीसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 686
    SHARES

  • मेलम्चीको पानीसँगै  ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरणसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

    दमकलले पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनिन्छ । यो आधुनिक प्रविधिमा आधारित हुने छ ।

    राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई दृष्टिगत गर्दै मेलम्ची खानेपानी आयोजनाले चक्रपथभित्र ३५० स्थानमा ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्न लागेको हो ।

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले घना बस्ती र आवादीका कारण दिनका दिन आगलागीको जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याइने जानकारी दिनुभएको छ ।


    मेलम्चीको पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रहरूमा अहिलेसम्म २३० वटा ‘फायर हाइड्रेन्ट’ जडान भइसकेका छन् । आयोजनाका अनुसार थप माग र आवश्यकताका आधारमा अरू करिब दुई दर्जन ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, ‘फायर हाइड्रेन्ट’ चौबिसै घण्टा सञ्चालनमा आउने छन् ।

    मेलम्ची खानेपानी आयोजनाले ‘फायर हाइड्रेन्ट’ सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिरहेको छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    बिहिवार, फाल्गुण २७ २०७७०७:०२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij