Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फैसलाले सही ठाउँमा पुर्‍याएको साबिक एमालेको प्रतिक्रिया

फैसलाले सही ठाउँमा पुर्‍याएको साबिक एमालेको प्रतिक्रिया

  • आइतवार, फाल्गुण २३ २०७७

  • 859
    SHARES

  • फैसलाले सही ठाउँमा पुर्‍याएको साबिक एमालेको प्रतिक्रिया

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले माओवादी ब्युँताइदिएलगत्तै साबिक एमालेले यसलाई स्वागत गरेको छ ।

    केपी शर्माओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेकपाको जारी विवादलाई सकारात्मक ढंगले समधान गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन् ।

    ज्ञवालीले भने, ‘फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काइदिएको छ । अब एकता गर्ने हो भने नयाँ आधारबाट शुरू हुनुपर्छ । पुरानो एकताले कम्युनिष्‍ट आन्दोलनलाई अघि बढाउन सकेन । यो फैसलाले सकारात्मक निकास दिएको छ ।’

    ज्ञवालीले अब माओवादीसँग पुनः एकता गर्ने हो भने राजनीतिक, वैचारिक, संगठनात्मक र नेतृत्वका सबै विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने हुन्छ । यो फैसलाले हामीलाई सही ठाउँमा पुर्‍याएको छ । अरु कुरा विस्तृत फैसला हेरेपछि मात्र भन्छौं ।’


    आइतवार, फाल्गुण २३ २०७७०४:४०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij