Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओली पक्षीय सांसदको बैठक बस्दै, अविश्वासको प्रस्तावबारे छलफल हुने

ओली पक्षीय सांसदको बैठक बस्दै, अविश्वासको प्रस्तावबारे छलफल हुने

  • शनिवार, फाल्गुण २२ २०७७

  • 986
    SHARES

  • ओली पक्षीय सांसदको बैठक बस्दै, अविश्वासको प्रस्तावबारे छलफल हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाका सांसदहरुको बैठक आज बस्न लागेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा भोलीदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा खेल्ने भूमिकाका बारेमा छलफल हुने जनाइएको छ ।

    विषेश गरेर प्रधानमन्त्री ओली विरुद्ध अर्को पक्ष र काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेकाले बैठक त्यसमा बढी केन्द्रीत हुने देखिएको छ ।

    अविश्वासको प्रस्ताव दर्ता भएमा त्यसलाई कसरी फेल गराउने वा त्यो भन्दा अगाडि नै राजीनामा दिने भन्ने बारेमा पनि संसदहरुले आज धारणा राख्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने बताउदै आएपनि विपक्षमा मतदान गर्ने सांसदहरुको संख्या धेरै भएमा पहिले नै राजीनामा दिनु उपयुक्त हुने केही सांसदहरुले सुझाव दिदै आएका छन् ।

    नेकपाको दाहाल नेपाल समूहको संसदीय दलको बैठक भने हिजो बसेको थियो । सो बैठकले ओलीलाई दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई नै संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।

    आज ओली पक्षीय सांसदहरुको बैठकले भने ओलीलाई नै दलको नेता निर्वाचित गरिएको घोषणा गर्न सक्नेछ ।

    त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक पनि हिजो बसेको थियो । बैठकमा अधिकांश सांसदहरुले ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु पर्ने ओलीसँग सहकार्य गर्न नहुनेमा जोड दिएका थिए ।

    प्रतिनिधि सभाको बैठक भोलीदेखि बस्ने भएकाले दलहरुले संसद केन्द्रीत गतिविधिहरु बढाएका छन् ।


    शनिवार, फाल्गुण २२ २०७७०८:४४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij