काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक भएको उल्लेख गर्नुभएको छ ।
हतियारसहितको राजनीति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले उत्तम नभएपछि विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको उहाँले स्पष्ट पार्नुभएको हो ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले भन्नुभयोे,“अहिले आन्दोलनमात्र सबैथोक होईन, तर नेपालमा लोकतन्त्र समाप्त पार्न विभिन्न खाले खेल भइरहेका छन्, अब सबै नेपालका कम्युनिष्ट पार्टीहरु शान्तिपूर्ण राजनीतिमा आएपनि अरु कुनै कुनै पक्षले गलत प्रवृत्तिका क्रियाकलाप गर्छ नै त्यसैले सबै गणतन्त्रको रक्षामा एकतावद्ध भएर लाग्नुपर्ने बेला भएको छ ।”
विप्लव समूह सकारात्मक पक्ष अँगालेर राजनीतिमा आएकाले आफ्नो पार्टी त्यो कदमको स्वागत गर्ने उहाँको भनाइ छ ।