Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवाले बोलाए पार्टी पदाधिकारीसहित शीर्षस्थ नेताको बैठक

देउवाले बोलाए पार्टी पदाधिकारीसहित शीर्षस्थ नेताको बैठक

  • बिहिवार, फाल्गुण २० २०७७

  • 1.4K
    SHARES

  • देउवाले बोलाए पार्टी पदाधिकारीसहित शीर्षस्थ नेताको बैठक

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीलाई छलफलका लागि बोलाउनुभएको छ ।

    संसद्मा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो ३ बजे बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।

    पार्टी पदाधिकारी तथा शीर्षस्थ नेताहरुबीच छलफल गरेर शुक्रबार (भोली)को संसदीय दलको बैठकबाट संसदमा पार्टीको भूमिकाबारे नीति तय गर्ने बुझिएको छ ।

    सरकारमा सहभागिताबारे पार्टीमा दुई मत बाहिर आएपछि देउवाले संसद पुनःस्थापनापछि दोस्रो पटक पदाधिकारी बैठक बोलाएर छलफल गर्दै हुनुहुन्छ ।

    १३ गते बसेको पदाधिकारी बैठकले नेकपा विभाजनको प्रष्टता नहुने तटस्थ बस्ने निष्कर्ष निकालेको थियो तर, संसदमा सरकार गठनको प्रक्रिया सुरु नहुँदै नेताहरु पक्ष विपक्षमा विभाजित हुन थालेपछि देउवाले छलफललाई जोड दिएको बुझिएको छ ।

    देउवाले पदाधिकारी, संसदीय दल र पार्टी केन्द्रीय कार्यसमितिको छलफलबाट ठोस नीति अख्तियार गर्ने तयारी थाल्नु भएको छ । शनिबारका लागि केन्द्रीय समिति बैठक बोलाउने देउवाको तयारी छ ।


    बिहिवार, फाल्गुण २० २०७७०८:५७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij