Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री बस्ती शिलान्यास गर्न आज मोरङ जादैँ

प्रधानमन्त्री बस्ती शिलान्यास गर्न आज मोरङ जादैँ

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 848
    SHARES

  • प्रधानमन्त्री बस्ती शिलान्यास गर्न आज मोरङ जादैँ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदै हुनुहुन्छ ।

    आज विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।
    विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्नुहुने छ ।

    झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ । लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण हुने बस्तीको शिलान्यास गर्न ओली उर्लाबारी जान लाग्नु भएको हो ।

    प्रधानमन्त्री आज दिउँसो २ बजे सन्थाल बस्तीको शिलान्यास गर्न नगरपालिकामा पुग्ने कार्यक्रम तय भएको उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी शहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रममार्फत बस्ती निर्माण गर्ने भएको हो । एक सय ३६ परिवारलाई लक्षित गरेर एकीकृत बस्ती निर्माण गरिने जानकारी उपप्रमुख भण्डारीले दिनुभयो ।

    सन्थाल जातिका लागि ३० करोड रुपैयाँ खर्च गरेर उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती निर्माण गरिने भएको हो ।


    मंगलवार, फाल्गुण १८ २०७७०८:३९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij