Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘मलाई दबाव दिने बहादुर जन्मिएकै छैन, बस्नेतजीसँग भेटेको हल्ला झुटो हो’

‘मलाई दबाव दिने बहादुर जन्मिएकै छैन, बस्नेतजीसँग भेटेको हल्ला झुटो हो’

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 6.8K
    SHARES

  • ‘मलाई दबाव दिने बहादुर जन्मिएकै छैन, बस्नेतजीसँग भेटेको हल्ला झुटो हो’

    काठमाडौं । दाङ क्षेत्र नम्बर ३ का सांसद हिराबहादुर केसीले आफु तानातानमा नरहेको दावी गर्नुभएको छ ।

    केसी नेकपाको दाहाल–नेपाल समूह निकट मानिनुहुन्छ । सोमबार नेकपा ओली समूहका सांसद महेश बस्नेतसँग झन्डै साढे २ घण्टा छलफल भएको समाचार बाहिर आएपछि उहाँले आफु तानातानमा नपरेको दावी गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद केसीले भन्नुभयोे,“मलाई कसैले केहि बनाइदिन्छु भन्दैमा म बिक्ने वाला मान्छे होईन, हाम्रो भेटघाट नै भएको छैन्, मिडियाले के के लेख्छन् लेख्छन्, म कुनै समूहको तानातानमा छैन्, म दाहाल–नेपाल समूह मै छु र रहन्छु । मलाई दबाव दिने बहादुर नेपालमा जन्मिएकै छैन ।”

    विभिन्न सञ्चार माध्यममा सोमबार सांसद केसी र बस्नेतबीच झन्डै साढे २ घण्टा छलफल भएको समाचार प्रशारण प्रकाशन भएका थिए । यसबारे नेपाली बहसमा पत्रकार ऋषि धमलाले केसीलाई सोध्नुभएको तपाईहरुबीच भेट भएको रहेछ मन्त्री बनाउने आश्वाशन पनि पाउनुभएछ नि हो भन्ने प्रश्नमा सांसद केसीले भेट नभएको तर फोनमा भने कुराकानी भएको दावी गर्नुभयो ।

    उहाँले भन्नुभयो,“भेट भएकै छैन् बरु फोनमा सामान्य कुराकानी भएको हो, यो समूहमा लाग्नुहोस्, यता आउनुहोस् यस्तो किसिमको कुनै कुरा हामीबीच नभएको तपाईको लोकप्रिय कार्यक्रममार्फत जानकारी गराउँछु ।”


    मंगलवार, फाल्गुण १८ २०७७०७:२४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij