Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा र सूर्य चिह्न हामीले पाई नै सक्यौँः प्रचण्ड

नेकपा र सूर्य चिह्न हामीले पाई नै सक्यौँः प्रचण्ड

  • सोमवार, फाल्गुण १७ २०७७

  • 913
    SHARES

  • नेकपा र सूर्य चिह्न हामीले पाई नै सक्यौँः प्रचण्ड

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गर्नुभएको छ।

    उहाँले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने बताउनुभयो।

    आफूले पहिले पनि संविधान र कानूनका प्रावधानका आधारमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने बताएको र आफ्नो भनाइ सत्य सावित भएको बताउनुभयो।

    ‘अहिले पनि मैले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल, लोकतान्त्रिक मूल्य मान्यता र जनभावनाका आधारमा यो कुरा भनिरहेको छु,’ प्रचण्डले राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेरै भनेको छु, आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य बहुमत पक्षकै हो भनेर भन्दैछ, घोषणा नै हुँदैछ, कुनै शंका नगरे हुन्छ।’

     


    सोमवार, फाल्गुण १७ २०७७०५:१९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij