Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान

  • सोमवार, फाल्गुण १७ २०७७

  • 821
    SHARES

  • राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गर्नुभएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

    विघटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेका थिए । सर्वोच्चले ती निवेदनमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठह¥याउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।

    सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोहीबमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

     


    सोमवार, फाल्गुण १७ २०७७०२:०१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij