Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

अबदेखि सबै प्रकारका सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

अबदेखि सबै प्रकारका सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

  • सोमवार, फाल्गुण १७ २०७७

  • 681
    SHARES

  • अबदेखि सबै प्रकारका सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दा सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने व्यवस्था गरिएको छ ।

    नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ खरिद गरिने सवारी साधनले दर्तादेखि नै अनिवार्य रूपले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार विभागले यसै महिनादेखि नै यो प्रावधान लागू गर्न लागेको हो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


    सोमवार, फाल्गुण १७ २०७७०७:२४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij