Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा कानुनीरुपमा अलग भएपछि मात्रै सहकार्य : महतो

नेकपा कानुनीरुपमा अलग भएपछि मात्रै सहकार्य : महतो

  • आइतवार, फाल्गुण १६ २०७७

  • 710
    SHARES

  • नेकपा कानुनीरुपमा अलग भएपछि मात्रै सहकार्य : महतो

    काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेता राजेन्द्र महतोले नेकपा पार्टी कानुनीरुपमा अलग नभएसम्म जसपा कसैसँग सत्ता समिकरण नगर्ने बताउनुभएको छ ।

    दलिय व्यवस्थामा फरक–फरक पार्टीबीच सहकार्य हुनु स्वभाविक भएको बताउँदै उहाँले नेकपा दुई समूहमा विभाजन भएपनि कुन समूह आधिकारीक हो भन्ने प्रष्ट नभएकाले सत्ता समिकरण यस्तो अवस्थामा सम्भव नरहेको स्पष्ट पानुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता महतोले भन्नुभयोे,“कुनै व्यक्तिसँग सत्ता साझेदारी गर्ने होईन, पार्टी पार्टीबीच सहकार्य हुने हो, त्यसैले नेकपाको कुन समूह सिँगो नेकपा पार्टी हो भन्ने कानुनीरुपमा पुष्टि भएपछि मात्र सत्ता समिकरण गर्ने छौँ ।”

    समूहले कुनै पनि हालतमा काम नगर्ने भन्दै उहाँले आधिकारीक पार्टीसँग सहकार्य हुन सक्ने दावी गर्नुभयो ।

    देशमा राजनीतिक संकट नेकपा पार्टी कै कारण आएको आरोेप लगाउनुभयो । प्रतिगमन गर्ने र आन्दोलन गर्ने दुवै समूह एकै पार्टीको नाममा लडिरहेकाले यो संविधानको व्यवस्था विपरित भएको नतो महतोले टिप्पणी गर्नुभएको छ ।


    आइतवार, फाल्गुण १६ २०७७०७:०५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij