Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुम्बईका हरेक नेपालीको दुःख सुखका साहरा – सागर, जागिरभन्दा सेवा धेरै

मुम्बईका हरेक नेपालीको दुःख सुखका साहरा – सागर, जागिरभन्दा सेवा धेरै

  • बिहिवार, आषाढ १८ २०७७

  • 869
    SHARES

  • मुम्बईका हरेक नेपालीको दुःख सुखका साहरा – सागर, जागिरभन्दा सेवा धेरै

    रोजगारको सिलसिलामा मुम्बई पुग्ने युवाहरू प्रायः उतैको भिडमा रूमलिन्छन्। रोजीरोटीको जोहोजाममा समय कसरी ढल्किन्छ, कतिपयले पत्तै पाउँदैनन्। उता पुग्नेलाइ मुम्बईको परिवेशमा गाँजेर राख्ने शहरको नियति नै हो।

    माया नगरीको यो नियतीलाई चिर्न नसक्नेहरू अधिकांश आ–आफ्नो समाजबाट ओझेल पर्छन्। नवलपरासी जिल्ला अरुणखोलाका सागर भण्डारी मुम्बईले आफ्नो बेगमा ढाल्न नसकेका उदाहरणीय पात्र हुन्। एस।एल।सी। पढाई सकेर मुम्बई छिरेका सागर यहाँको भवसागरमा कहिल्यै अल्मलिएनन्, अझ् उनी बाटो बिर्सेर भड्किएका समाजका युवाहरूलाई असल मार्गमा ल्याएर जिम्मेवार नागरिक बनाउन अनवरत क्रियाशिल रहे। रंगीन शहर बन्न र बिग्रन चाहने दुबै खाले पात्रहरुको उर्वर स्थल हो।

    चित्र र चरित्रले जुन बाटो रोज्छ, तिब्रोत्तर रूपमा उसलाई यहाँ महारथ हाँसिल हुन्छ। अज्ञानता र अदुरदर्शनले नेपाली समाजका प्रायः युवाहरू विकृतिको खाल्डोमा अनायासै अल्झिने शहरमा भण्डारीको भूमिका वास्तवमै तारिफ योग्य छ। उनले थुप्रै यस्ता युवाहरूलाई सहि मार्गमा ल्याएर एउटा जिम्मेवार नागरिक बन्न बषौदेखि प्रेरित गर्दै आएका छन्।

    युरेशिया रेयुकाईका महाराष्ट्र राज्यका अध्यक्ष समेत रहेका भण्डारी मुम्बईका अगुवा नेपालीहरूको श्रेणीमा नपरेपनि आफ्नो कामको कारण त्यहाँका नेपालीहरू माझ छुट्टै पहिचान बनाएका छन्।गाउँबाट आउनेहरुलाई सानो नोकरी तुरुन्तै लगाएर ठूलो गुण लगाउछन्। आँपचौर, पकवादी स्याङ्जामा जन्मिएका भण्डारीले अलपत्र परेका नेपाली, गरिविको रेखामुनी रहेकालाई सोधी–खोजी उद्दार गर्दछन्। प्रवासमा बिभिन्न रोगबाट थला परेकाहरूलाई निःशुल्क औषधी उपचारको व्यवस्था मिलाउने काममा पनि उनी अग्रसर नै देखिन्छन्।

    टाटा मेमोरियल हिस्पटलको सुविधा कोटामा नेपालीहरुलाई सहज उपचारको सुविधा छैन, तर भण्डारीले कैयौँ क्यान्सर पिडितहरूलाई टाटामा भर्ना गराइदिएका छन्। बेचिएका र बेचिने अबस्थामा भएका नेपाली चेलिहरूको उद्दार गरेका उदाहरणहरु पनि सागरसँग कम छैनन्।युवाहरूलाई अनुशासित जीवन जिउने प्रेरणा दिँदै उनीहरूले यहाँ कमाएको धन सुरक्षित र व्यवस्थित रुपमा नेपाल पु¥याउन मार्गदर्शन समेत गर्दै आएका छन्। युवाहरू मात्र होइन, उनले बुजुर्गहरूका लागि पनि धेरै कामहरु गरेका छन्। समाजका आसक्त र वरिष्ठ नागरिकहरुको सम्मान गर्ने उनको बानी नै छ।

    २० वर्षअघि मुम्बई पुगेका उनले यो बसाइमा महाराष्ट्र हाइप्रोफाइत व्यक्तित्वहरुसँग पनि राम्रै सम्बन्ध बनाएका छन्। जसमा राजनीतितर्फ नेता अजित पवार, कलाकारमा सोनु निगम र तत्कालिन कमिस्नर आसिम गुप्ता लगायतका छन्।महाराष्ट्रको सुपर पावर रहेको मातोश्रीसँग पनि उनको पहुँच छ। यहाँ मात्र होइन, स्वदेशी नेताहरु गगन थापा र माधव नेपालसँग पनि उनको नियमित सम्पर्क हुने गरेको सागर बताउछन्।
    सागर आफ्नो देशको भाषा, धर्म, कला र संस्कृतिसँग असाध्यै प्रेम गर्छन्। त्यसकारण युरेशिया रेयुकाईको ब्यानरमा प्रत्येक वर्ष नेपाली साँस्कृतिक कार्यक्रम आयोजना गर्न उनको योजना बन्छ। गतवर्ष उनले वान्द्राको रंगसारदा नाट्य हलमा नेपालका चर्चित लोकगायक पशुपति शर्मालाई निम्त्याएर भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए।

    समाजसेवाको काममा असाध्यै रमाइलो लाग्छ। यो त सुरूवात मात्रै हो, अझ थुप्रै कामहरू गर्न बाँकी नै छ, सागर भन्छन् ।

     


    बिहिवार, आषाढ १८ २०७७०६:११:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij