काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।