Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सांसदहरुलाई उपत्यका नछोड्न प्रचण्ड–माधव समूहको निर्देशन

सांसदहरुलाई उपत्यका नछोड्न प्रचण्ड–माधव समूहको निर्देशन

  • बुधवार, फाल्गुण १२ २०७७

  • 1.2K
    SHARES

  • सांसदहरुलाई उपत्यका नछोड्न प्रचण्ड–माधव समूहको निर्देशन

    काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिइएको छ।

    सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन्।

    उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ। उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ।

    अनौपचारिक भनिएको बैठकमा ८० जनाको हाराहारीमा प्रतिनिधिसभा सदस्यहरु सहभागी भएका थिए। आजको बैठकमा आइनपुगेका अरु सांसदहरुलाई तत्काल उपत्यका बोलाइएको हो।

    मंगलबार संसद् पुनर्स्थाना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल कार्यक्रम नै छोडेर काठमाडौं आएका थिए । काठमाडौँ आएलगत्तै दुई अध्यक्षले भेटवार्ता र गतिविधि तीव्र पारेका छन्।

    बुढानीलकण्ठ नै पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड र माधव नेपालले भेटेका थिए।

    यसपछि स्थायी कमिटी बैठक सकेर दलको बैठक बोलाइएको थियो।


    बुधवार, फाल्गुण १२ २०७७०७:२८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij