Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा बिस्तार

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा बिस्तार

  • बुधवार, फाल्गुण १२ २०७७

  • 965
    SHARES

  • क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा बिस्तार

    काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भू, चन्द्रागिरि क्षेत्र, थानकोटलगायतका ठाउँमा आफ्नो सेवा दिइरहेकोमा अब यिनै स्थानहरुका भित्री साना–साना ठाउँमा पनि सेवा–सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरिएको कम्पनीले जनाएको छ ।

    क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १०० औं आउटलेट पनि हो र हरेक आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको छ ।

    क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो । तर कोरोना भाइरस महामारीका कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट बिगत ८ महिनामा तीब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट बिस्तार गर्दै गएको कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर विनयकुमार अधिकारी बताउनुभयो ।

    उहाँका अनुसार कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनका लागि आउटलेट खोलेको हो । सानोभन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको उहाँले बताउनुभयो ।

    कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इन्ट्रानेट सेवाहरु दिँदै आइरहेको छ भने यो आर्थिक वर्षभित्र एफटिटिएचको माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ र यसै महिना पश्चिममा नेपालगञ्ज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

     

     


    बुधवार, फाल्गुण १२ २०७७०३:१९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij