Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली समूहको स्थायी समिति बैठक सुरु, पत्रकारलाई प्रवेश निषेध

ओली समूहको स्थायी समिति बैठक सुरु, पत्रकारलाई प्रवेश निषेध

  • बुधवार, फाल्गुण १२ २०७७

  • 2.4K
    SHARES

  • ओली समूहको स्थायी समिति बैठक सुरु, पत्रकारलाई प्रवेश निषेध

    काठमाडौं । नेकपा ओली समूहको स्थायी समिति बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक जारी रहेको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

    संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाउनुभएको हो ।

    बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, नेम्वाङलगायत सहभागी छन् । तर पत्रकारहरुलाई प्रवेश दिइएको छैन ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद् विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलबार बदर गरेको थियो ।

     


    बुधवार, फाल्गुण १२ २०७७१२:२३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij