Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

पुल नहुदा धौलागिरि आइसफल पदमार्गमा जोखिम (भिडियोसहित)

पुल नहुदा धौलागिरि आइसफल पदमार्गमा जोखिम (भिडियोसहित)

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 931
    SHARES

  • पुल नहुदा धौलागिरि आइसफल पदमार्गमा जोखिम (भिडियोसहित)

    म्याग्दी । नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गम झालुङ्गे पुलको अभाव रहेको छ ।

    करिब एक दशक अघि पहिचान भएको यस पदमार्गलाई सञ्चालनमा ल्याउनका लागि पदमार्गको विभिन्न स्थानमा गरेर ५ वटा झोलुङ्गे पुलको आवश्यकता रहेको चिमखोलाका गमबहादुर पुनले बताए । ‘धौलागिरी आईफल पुग्न पर्यटकहरु आए पनि खोलाहरुमा साघुँको भरमा तुर्नु पर्छ’ उनले भने, कतिपय पर्यटकहरु इो साघु तर्न नसकेर बिचबाटो बाटै फर्केर जान्छन् ।

    पुनका अनुसार खैरो खोला, फेदी खोला, सेतिने खोला, सरल धारा र काती बरहा खोलामा झोलुङ्गे पुलको आवश्यक छ । आईफल पुग्न जानका लागि ठाउँ ठाउँमा पदमार्ग निमार्णले सहज भएपनि खोलामाहरुमा पुल नहुदा यात्रामा असहज भएको आईफल पुगेकी काठमाडौँकी सबिना ढकालको भनाई छ ।

    ‘अरु बाटोमा त जेनतेन हिडियो खोलाहरुमा निकै गाह्रो भयो केही खोलामा त यहाँका स्थानीय दाईहरुले बोकेर नै तार्दिनु भयो’ उनले भनिन् यो आईफललाई पर्यटकीय गतब्य बनाउन पहलिा खोलाहरुमा पुल हाल्न आवश्यक देखीयो ।

    गाउँपालिकाका अधिकाँश वडाहरुलाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउनका लागि पदमार्ग निमार्णको कार्यलाई तिब्रता दिईएको छ । रुइसे डाँडादेखि धौलागिरि आइसफल सम्मको पदमार्ग सञ्चालनका लागि गाउँपालिकाले डिपिआर तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत अमृत सुवेदीले बताए ।

    ‘कहाँ–कहाँ के पूर्वाधार बनाउने भनेर डिपिआर भएको छ, त्यसको रिपोर्ट आयो भने सम्बन्धित निकाय र मन्त्रालयमा प्रस्ताब पेश गर्छौ, उनले भेन, कही समय अघि सरोकारवालाहरुको टोलीबाट भएको अध्ययन र अनुगमनले पदमार्गकोे समस्या र सम्भावनाको थप उजागर हुने विश्वास लिएका छौँ ।’

    सुवेदीले भने, चालु आर्थिक बर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट यस क्षेत्रमा निर्माण गरिएको पदमार्ग यात्रामा सहज भएपनी खोलाहरुमा पुलको समस्या देखीएको छ त्यसका लागि हामीले सहकार्य गछौँ ।

    स्थानीयले पदमार्ग अन्र्तगत कोखेभीरमा डोरीको सहायताले पदमार्ग निर्माण गरिरहेका छन् । कोखेभिर संगै पापिधर्मि भीरमा ३ सय मिटर बढी कडा पहाडलाई कटान गरेर पदमार्ग बनाउनुपर्ने देखिएको गाउँपालिकाका असिस्टेन्ट सब–इञ्जिनियर सुमनबहादुर बुढाथोकीले बताए ।

    अक्करे भिरमा पहाड खन्ने र जंगल र पाखामा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माणले तिब्रता पाएता पनि बर्खाको समयमा खोलाब बढ्ने भएकाले यहाँ केही स्थानमा झोलुङ्गे पुल निमार्ण गर्नुपर्छ बुढाथोकीले भने ।

    ‘टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर’ टान, तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाईमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको प्रारम्भीक अध्ययन गरिएको थियो । पदमार्गको पहिचान भएको दशक पुग्न लाग्दा समेत यस पदमार्गलाई सञ्चालनमा ल्याउन सकिएको छैन ।

    पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरा लगायतबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्याक निर्माण भैसकेको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्रुवकुमार पाईजाले जानकारी दिए ।

    धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजीकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा लगायतका जंगली पशुपंक्षी र तीनको बासस्थानलाई समेत प्रत्येक्ष अवलोकन गर्न पाउनु यस पदमार्गमा थप आकर्षणको रुपमा रहेको पुनले बताए ।

    कालिगण्डकी नदीको किनार हुँदै म्याग्दीको बेनी भएर मुस्ताङ जाने परम्परागत पदमार्ग सडक विस्तारसंगै मासिएपछि म्याग्दी र मुस्ताङलाई पदमार्ग बाटै जोड्नका लागि धौलागिरि आइसफललाई बैकल्पिक मार्गको रुपमा पहिचान गरिएको थियो ।

    यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । तर यस पदमार्गमा पुर्वाधार निमार्ण तिब्रता पाएपनि प्रचारप्रसार नहुदा ओझेलमा परेको छ ।


    मंगलवार, फाल्गुण ११ २०७७०६:५३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij