Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 1.1K
    SHARES

  • पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ

    वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् ।

    नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको रिटमा उल्लेख छ ।

    नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।


    मंगलवार, फाल्गुण ११ २०७७११:१२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij