Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको पानी छिट्टै काठमाडौंवासीको घर-घरमा : मन्त्री थापा

मेलम्चीको पानी छिट्टै काठमाडौंवासीको घर-घरमा : मन्त्री थापा

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 844
    SHARES

  • मेलम्चीको पानी छिट्टै काठमाडौंवासीको घर-घरमा : मन्त्री थापा

    काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्चीको पानी छिट्टै काठमाडौंवासीको घर–घरमा आउने बताउनुभएको छ ।

    चैत्र १० गतेभित्र काठमाडौँमा परीक्षणका लागि पानी पुग्ने र दुई महिनासम्म परीक्षणपश्चात काठमाडौंवासीको घर–घरमा मेलम्चीको पानी पुग्ने उहाँले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै मन्त्री थापाले भन्नुभयो,“दुई महिनाको समय तोकेर परीक्षण गरेका छौँ, परीक्षण सफल हुन्छ भन्ने विश्वास लिएका छौँ । परीक्षण सफल भएमा उपत्यकावासीको धारामा मेलम्चीको पानी चाँडै आउँछ ।”

    परीक्षणमा पूर्णरुपमा सफल भएपछि मात्रै पानी निरन्तररुपमा काठमाडौंवासीलाई सहज तरिकाले उपलब्ध गराउने लक्ष्यस्वरूप परीक्षण पूर्णरुपमा सफल बनाउने प्रयासमा मन्त्रालय रहेको मन्त्री थापाले बताउनुभयो ।

    मेलम्चीको पानी उपत्यकावासीको घरघरमा पु¥याउन वि.सं.२०५५ देखि मेलम्ची खानेपानी विकास समिति गठन गरेर पानी पथान्तरणको काम भइरहेकाले आयोजना सम्पन्नपश्चात देशवासीको एउटा ठूलो सपना पूरा हुने उहाँले उल्लेख गर्नुभयो ।

    फरक प्रसंगमा मन्त्री थापाले विप्लव समूहले देशको शान्तिपूर्ण मूलधारको राजनीतिमा आउने कदम उठाइसकेको जानकारी दिनुभयो ।

    विप्लव वार्तामा आउने बाहेक अर्को विकल्प नभएको बताउँदै मन्त्री थापाले देशको राजनीति नयाँ उचाईमा पुर्‍याउने सरकारको योजना रहेको उल्लेख गर्नुभएको छ ।

    विप्लवले हालसम्म सरकारमा आउने कुरा प्रष्ट नपारेकाले अहिले नै सरकारमा विप्लवसँग सहकार्य हुन्छ भन्न नसकिने तर असम्भव पनि नरहेको उहाँले स्पष्ट पार्नुभएको छ ।


    मंगलवार, फाल्गुण ११ २०७७०६:२९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij