Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थाल्यो

काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थाल्यो

  • सोमवार, फाल्गुण १० २०७७

  • 987
    SHARES

  • काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थाल्यो

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ ।

    तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ ।

    नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौंको तापक्रम पनि २३–२४ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । हिजो काठमाडौंको तापक्रम २३ डिग्री सेल्सियसम्म पुगेको थियो ।

    आज काठमाडौंको तापक्रम २४ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने सम्भावना छैन ।


    सोमवार, फाल्गुण १० २०७७०८:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij