Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकार–विप्लव वार्ताप्रति प्रचण्ड–माधव समूहका नेताहरु के भन्छन्?

सरकार–विप्लव वार्ताप्रति प्रचण्ड–माधव समूहका नेताहरु के भन्छन्?

  • आइतवार, फाल्गुण ९ २०७७

  • 2.8K
    SHARES

  • सरकार–विप्लव वार्ताप्रति प्रचण्ड–माधव समूहका नेताहरु के भन्छन्?

    काठमाडौँ – सरकारले विप्लव समूहसँग वार्ताका लागि गरिरहेको प्रयासलाई नेकपाको प्रचण्ड–मावध समूहका नेताहरुले सकारात्मक कदमका रुपमा लिएको बताएका छन्। तर यसभित्र सरकार र विप्लव समूह दुवैबीच मुलुकका लागि घातक हुने किसिमका कुनै लेनदेन हुन नहुने प्रचण्ड–माधव समूहका नेताहरुको खबरदारी छ ।

    नेता रघुजि पन्तले हतियार बोकेर हिँडिरहेको शक्तिसँग सरकारले वार्ताको वातावरण बनाउनु सुखद पक्ष भएको बताउनुभयो । तर वार्ताका नाममा दुवै पक्षबाट राजनीतिक फाइदा मात्रै लिन खोजिए त्यसले दिर्घकालिन रुपमा मुलुकलाई सरकारात्मक परिणाम नदिने पन्तको भनाई छ ।

    यस्तै प्रचण्ड माधव समूहका अर्का नेता दिनानाथ शर्माले पनि विद्रोही शक्तिसँग सरकारको वार्ता हुनु स्वागतयोग्य कमद रहेको बताउनुभयो । कतिपयले आफैले प्रतिबन्ध लगाएको शक्तिसँग वार्ता गर्न पहल गरेको भन्दै सरकारको आलोचना गरिरहेका बेला नेता शर्माले भने पतिबन्ध लगाएको शक्तिसँग वार्ता नै गर्नु हुँदैन भन्ने मान्यता बेठिक हुने बताउनुभयो ।

    संसारका सबै युद्धहरु वार्ता र संवादबाटै समाधान भएको बताउँदै उहाँले आफूहरु पनि युद्धपछि वार्ताकै पृष्ठभूमिबाट आएको बताउनुभयो । तर अहिले विप्लव समूहसँग सरकारले गरिरहेको वार्ता राजनीतिक समर्थन जुटाउनुबाहेक अरु नरहेको उहाँको टिप्पणी छ ।

    नेकपाको प्रचण्ड माधव समूहका नेताहरुले विप्लवसँग वार्ताको वातावरण बन्नुलाई सकारात्मक रुपमा लिएको बताइरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने वार्ता हुने भो भनेर कतिपय मानिसमा छटपटि सुरु भएको टिप्पणी गर्नुभएको छ ।

    नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारसँग वार्ता गर्छु भनेपछि केही मानिस छटपटाएको प्रधानमन्त्रीको टिप्पणी छ । विभाजित नेकपाका अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले आफूतिर आउनुपर्नेमा सरकारतिर गयो भनेर केही मान्छे छटपटिएको बताउनुभएको हो ।

    गत माघ २३ गते दरबारमार्गमा भएको शक्ति प्रदर्शनका बेला नै विप्लव समूहसँग वार्ताको सहमति घोषणा गर्ने तयारी ओलीले गरेको भएपनि अन्तिम समयमा आएर त्यो रद्द गरिएको बताइन्छ ।

    सरकारले विप्लव नेतृत्वको पार्टीलाई आपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।


    आइतवार, फाल्गुण ९ २०७७०७:४४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij