काठमाडौं । ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण घोषणा गर्ने बताउनुभएको छ ।
आज विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले प्रधानमन्त्रीले यस्तो जानकारी दिनुभएको हो । उहाँले त्यो घोषणाको बारेमा भने आफूलाई पनि थाहा नभएको बताउनुयो ।
प्रधानमन्त्री ओलीका विश्वासपात्रसमेत रहेका पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि यसको छनक यसअघि आज बिहानै दिइसक्नुभएको छ । आज के हुन्छ ? पक्कै केही नयाँ !’ भन्दै ट्वीट गर्नुभएको थियो ।
