Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विराटनगरमा शुरु भयो ओली समूहको आमसभा

विराटनगरमा शुरु भयो ओली समूहको आमसभा

  • शनिवार, फाल्गुण ८ २०७७

  • 1.5K
    SHARES

  • विराटनगरमा शुरु भयो ओली समूहको आमसभा

    काठमाडौं । विराटनगरमा नेकपा ओली समूहको आमसभा शुरू भएको छ । जनसभामा सहभागी हुन विराटनगरका विभिन्न नाकाबाट जुलुसहरू सभास्थल तर्फ गएका छन् ।

    आमसभामा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, प्रदेश -१ का मुख्यमन्त्री शेरधन राईलगायतका नेताले सम्बोधन गर्ने ओली समूहले जनाएको छ । अहिले नेता बालकृष्ण ढुंगेलले सम्बोधन गरिहनुभएको छ ।

    यसैबीच, प्रधानमन्त्री ओलीलाई प्रचण्ड–माधव समूहका विद्यार्थी नेतासहितको समूहले विराटनगरमा कालो झन्डा देखाएको छ ।

    ओलीलाई विराटनगर विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन् । विद्यार्थी नेता वसिम आलमको नेतृत्वमा प्रचण्ड–माधव समूहका कार्यकर्ता एयरपोर्टमोड पुगेका थिए । उनीहरूले केपी ओली मुर्दावाद भन्दै कालो झन्डा देखाएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

     


    शनिवार, फाल्गुण ८ २०७७०२:०९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij