Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आजदेखि दिउँसोदेखि मौसम खुल्दै जाने

आजदेखि दिउँसोदेखि मौसम खुल्दै जाने

  • शनिवार, फाल्गुण ८ २०७७

  • 912
    SHARES

  • आजदेखि दिउँसोदेखि मौसम खुल्दै जाने

    काठमाडौं । आजदेखि मौसम खुल्दै जाने भएको छ ।

    अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएर अरु ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यस्तै तराईका केही ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको भए पनि दिउँसोदेखि मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

    आज उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको र त्यस क्षेत्रको मौसम पनि दिउँसोपछि सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

    आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र बाँकी प्रदेशको मौसम सफा रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।


    शनिवार, फाल्गुण ८ २०७७०८:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij